काठमाडौं । महोत्तरीको औरही नगरपालिका–१ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५० किलोग्रामसहित दुई जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका–२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपि ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा, नगद ७७ हजार रूपैयाँ र मोबाइल ३ थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया