जबरजस्ती करणी अभियोगमा पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्यामकुमारले ती किशोरीलाई कार्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका–४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?