प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडौं । आज बस्ने भनेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो ।

मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।
प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?