काठमाडौं । नबिल बैंकले आफ्नो ४०औं वार्षिक साधारण सभा मंसिर २७ गते गर्ने भएको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २७ गते साधारण सभाको मिति तोकेको हो ।
बैठकले साधारण सभा प्रयोजनार्थ मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुने बैंकले जनाएको छ ।
सोही साधारण सभाले बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया