काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन् ।
सो वडाका वडाध्यक्ष मुकुन्द रिजालको २०८० भदौमा निधन भएपछि रिक्त पदमा आगामी मंसिर १६ गते निर्वाचन हुन लागेको हो । सो वडाको वडाध्यक्षमा नेकपा (एमाले) ले लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) ले मीनबहादुर मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीका मानन्धरलाई भने नेकपा (माओवादी केन्द्र) को समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया