काठमाडौं । नेपालको सिमेन्ट उत्पादक घोराही सिमेन्टले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा पहिलो पटक ढलाई मिक्स पीपीसी सिमेन्ट घोराहीले ल्याएको हो ।
गहिरो अध्ययन अनुसन्धानका साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्टु’ व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको कम्पनीको दावी छ । यसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।
सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया