२२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएपछि…

लोकपथ
1.1k
Shares

काठमाडौं । बेलायतमा एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई  दुई फरक अस्पतालमा जन्म दिएकी हुन् ।

मेट्रो डट को डट युकेका अनुसार सन् २०२० मा डायल गर्भवती भएकी थिइन् । उनी पूर्णरुपमा स्वस्थ थिइन् । तर त्यसपछि उनमा स्वास्थ्य समस्या देखियो । तत् पश्चात् उनले एक अस्पतालमा पहिलो बच्चा जन्माइन् सामान्य प्रसूतिबाट । त्यसबेला डाक्टरहरुले उनको पेटमा रहेको दोस्रो बच्चा बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए ।

उनले केही घण्टामै अर्को बच्चालाई जन्म दिने बताइएको थियो । तर उनको स्वास्थ्यमा सुधार आयो । त्यसैले २२ दिनपछि मात्रै एक अर्को अस्पतालमा शल्यक्रियाबाट दोस्रो बच्चा जन्माइन् । ती जुम्ल्याहा बीचको जन्मदिनको अन्तरलाई लिएर डाक्टरहरू पनि तिनछक परे ।

अहिले दोस्रो बच्चाको मुटुमा प्वाल छ र आँखामा पनि समस्या छ । तर दुःखको कुरा, दोस्रो बच्चा जन्मिएको दुई हप्तापछि पहिलो बच्चाको मृत्यु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?