काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह उपनिर्वाचनमा ३५ ठाउँमा उम्मेदवारी दिएको छ ।
आगामी मंसिर १६ गते उपनिर्वाचन हुने ४२ ठाउँमध्ये ३५ ठाउँमा उम्मेदवारी दिएको हो ।
जसअनुसार झापाको कन्काइ नगरपालिका वडा नं ६ नारायणप्रसाद निरौला, काठमाडौंको कीर्तिपुर नगरपालिकामा ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका वडा नं १६ मा श्यामकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
राप्रपाले कुनै पनि स्थानीय तहका लागि तालमेल नगर्ने नीति लिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया