जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा कांग्रेसका भट्टराई निर्विरोध

लोकपथ
273
Shares

काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

भट्टराईले समन्वय समितिका प्रमुखका लागि उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् ।

तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै उक्त पद रिक्त रहेको थियो ।

ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै उक्त पद रिक्त रहेको थियो ।

उपचुनावमा नेपाली कांग्रेसलाई सहयोग गर्दै नेकपा एमालेले उम्मेदवार नै उठाएको थिएन । शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेदवार नउठाउने विषयमा एमाले नेताहरू सहमत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?