शिवप्रसाद बञ्जाराको नेतृत्वमा बञ्जारा बन्जाडे समाज काभ्रेको नयाँ कार्यसमिति चयन

काभ्रे । बञ्जारा बन्जाडे समाज नेपाल काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिको छैठौ साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभाले शिवप्रसाद बञ्जाराको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिसमेत गठन गरेको छ ।

काभ्रेको पनौति नगरपालिका ज्यालेपाटीस्थित जंगलसाइड रिसोर्टमा भएको साधाररण सभामा बञ्जारा तथा बन्जाडेहरुको बाक्लो उपस्थिति रहेको थियो । काभ्रे जिल्ला समितिका तत्कालिन सचिव देशराज बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पनौति नगरपालिकाकी उपमेयर गीता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै, समाजकी केन्द्रीय अध्यक्ष गीता तिमल्सिना बञ्जारा विशेष अतिथिका रुपमा उपस्थित भएकी थिइन् । त्यस्तै, उपाध्यक्ष तारा बन्जाडे, संस्थापक एवम् पूर्व अध्यक्ष अर्जुन प्रसाद बञ्जारा, संरक्षक रामकुमार बञ्जारा, महासचिव दीपेन्द्र कुमार शर्मा बञ्जारा, कोषाध्इक्ष राजकुमार बञ्जारा, सचिवालय सदस्यद्वय हिरालाल बञ्जारा र पदमलाल बञ्जारा ९मिलन०को उपस्थिति रहेको थियो ।

त्यस्तै, समाजका बागमती प्रदेश अध्यक्ष माधव बन्जारा, केन्द्रीय सदस्यहरु निर्मल बन्जारा, भोजबहादुर बन्जारा, भरत बन्जारा, काठमाडौं जिल्ला अध्यक्ष मनोहर बन्जारा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, समाजका सम्मानित व्यत्तिःत्व प्रल्हाद के।सी। बञ्जारा, संस्थापक एवम् सल्लाहकार केशव बञ्जाराको समेत उपस्थिति रहेको थियो ।

शिव प्रसाद बञ्जाराको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा देशराज बञ्जारा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा केशव बञ्जारा, कोषाध्यषमा बेदप्रसाद बञ्जारा, सदस्यमा समिता बञ्जारा, त्रिलोचन केसी बञ्जारा, गोकुल बञ्जारा, राजकुमार बञ्जारा, उत्तम बञ्जारा, रेश्मा चौलागाईं बञ्जारा, साबित्री बञ्जारा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?