काठमाडौं । प्रहरीले गुन्डा नाइके सत्यमान लामालाई आइतबार साँझ पक्राउ गरेको छ ।
उनलाई चेक बाउन्स मुद्दामा पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंले उनीमाथि २०८० चैत २७ गते २ वर्ष कैद, ३० लाख रुपैयाँ बिगो र ३० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला गरेको थियो ।
त्यसपछि उनी फरार रहँदै आएका थिए । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । उनी २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि पक्राउ परेका थिए ।
लामालाई सजाय भुक्तानीका लागि आज सोमबार अदालतमा उपस्थित गराएर कारागार पठाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया