काठमाडौं । नेपाल प्रिमियर लिगको मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक आवद्ध भएको हो ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । क्यानले कार्तिक ३० गते एक कार्यक्रमको आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।
नेपालको क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको बैंकका अध्यक्ष मनोजकुमार केडियाले बताए ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया