आईसीटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न, १५ विधामा हुँदैछ प्रतिस्पर्धा

लोकपथ
49
Shares

काठमाडौं । आईसीटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न भएको छ । शनिबार काठमाडौंको आनन्द इभेन्ट्स एण्ड मिटिङमा ग्राण्ड जुरी सेसन सम्पन्न भएको हो ।

शनिबार सम्पन्न ग्राण्ड जुरी सेसनमा आइसीटी अवार्ड २०२४ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसनका सेमिफाइनलिष्टहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

ग्राण्ड जुरी सेसनमा सेमिफाइनलिष्टहरूले विज्ञ जुरी समक्ष आफ्नो प्रस्तुति दिँदै स्पीड डेटिङमा सहभागी भएका थिए । ग्राण्ड जुरी सेसनसँगै केही दिनमै अवार्डका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।

ग्राण्ड जुरी सेसन हुनुअघि आइसीटी अवार्ड २०२४ को प्रि–इभेन्टको रूपमा टेकस्पायर स्टार्टअप एण्ड आइडिया फेस्ट, बुटक्याम्प र मेन्टरिङ सेसन सम्पन्न भइसकेका छन् । अब यी गतिविधिहरू एपीसोडको रूपमा टेलिभिजनमा समेत प्रसारण हुनेछन् ।

सन् २०१६ देखि सुरू भएको आईसीटी अवार्ड नेपालको सबैभन्दा ठूलो टेक र प्रतिष्ठित अवार्ड हो । यस वर्ष आईसीटी अवार्डको ग्राण्ड फिनाले पुस पाँच गते ह्यात रिजेन्सी बौद्धमा हुँदैछ । जहाँ १५ विधामा अवार्ड प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?