दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्दै सोमबार र मंगलबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बैठकले भोलि मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

ढुंगानाको निधनको शोकमा कांग्रेसले एक सय दिने अभियान आज एक दिन रोक्ने र भोलिबाट पुनः सुरु गर्ने पनि जनाएको छ ।
पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा मंसिर २ गते फ्रन्टलाइन अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको निधनबाट मर्माहत र स्तब्ध भएको नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?