गाजामा इजरायली हवाई आक्रमण, ३४ जनाको मृत्यु

लोकपथ
28
Shares

काठमाडौं । उत्तरी गाजाको बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परि ३४ जनाको मृत्यु भएको छ । हवाई आक्रमणमा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

एएफपीले एजेन्सीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु हुनुका साथै सातजना घाइते भएका छन् ।

इजरायलले निरन्तर उत्तरी गाजामा आक्रमण गरिरहेको छ । इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा मात्रै एक लाख १५ हजार बढी विस्थापित भइसकेका छन् ।
इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसमा एक हजार दुई सयजनाको मृत्यु भएको थियो । इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन्।

एजेन्सीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?