आध्यात्मिक ग्रन्थ ‘मनलाई जिते जित’ लोकार्पण 

लोकपथ
0
Shares

काठमाडौं । आचार्य श्री महाप्राज्ञजी जैन श्वेताम्बरको आध्यात्मिक ग्रन्थ ‘मनले जिते जित’को लोकार्पण भएको छ । काठमाडौंको कमलपोखरीस्थित जैन भवनमा आयोजित कार्यक्रममा उक्त पुस्तक ग्रन्थ गरिएको हो । 

यस ग्रन्थलाई आचार्य रमेशकुमारले ग्रन्थको रुपमा प्रकाशित गरेका हुन् । ग्रन्थकार आचार्य रमेशकुमार महा प्रज्ञको धर्म परम्पराका सन्त तथा प्रेक्षा ध्यान साधक मुनि हुन् । 

ग्रन्थका प्रकाशक शेखर गोल्छा, गोल्छा परिवारका ज्येष्ठ सदस्य तथा महावीर जैन निकेतनका अध्यक्ष लोक मान्य गोल्छा, बागमती प्रदेशका सामाजिक मामिला मन्त्री हरिप्रभा खड्गी, जोन्टा क्लबकी पूर्व अध्यक्ष सीमा गोल्छा, जितो नेपालका अध्यक्ष कमल कुमार बेगानी, जैन श्वेताम्बर तेरा पन्थ सभाका अध्यक्ष शुभागमल जम्मडलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

लोकार्पण समारोहमा पुस्तकका प्रकाशक शेखर गोल्छाले ‘मनलाई जिते जित’ एक आध्यात्मिक ग्रन्थ भएको जनाए । यस ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान, महान् दार्शनिक, ध्यान योगी, लेखक र विचारक तेरा पन्थ धर्म सङ्घका महान् आचार्य भएको पनि बताए  ।

आचार्य मुनि श्री रमेश कुमारले ‘मनलाई जिते जित’ का लेखक आचार्य श्री महाप्रज्ञजी जैन श्वेताम्बर तेरा पन्थ धर्मका दसौँ आचार्य भएको जानकारी दिए । आचार्य महाप्राज्ञ जी एक सन्त, योगी, अध्यात्मवादी, दार्शनिक, लेखक, वक्ता र कवि भएको उनले बताए । उनको ध्यान विधिबाट सयौँ मानिसले मानसिक विकारहरू हटाएर आध्यात्मिक ऊर्जा र शान्ति प्राप्त गरेको उनले बताए ।

’मनलाई जिते जित’ मा आचार्य श्रीद्वारा ध्यान शिविरमा सहभागी साधक साधिकाहरूको लागि दिइएका प्रवचनहरू समावेश छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?