मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताएका छन् ।
परिषद् पुनःसंरचनासम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा आज आयोजित ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनः संचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया’ मा उनले परिषद्ले वर्तमान आवश्यकतालाई ध्यानमा राखेर आफ्ना कार्यक्रम विविधिकरण गर्नुपर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीच समन्वय कायम गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोहीअनुसार परिषद् पुनः संरचना गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषद्ले यससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया