आफू पक्राउ अगावै दुर्गा प्रसाईँले दिएका थिए पक्राउको जानकारी

लोकपथ
490
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार बिहान पक्राउ परेका छन् । केही घण्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । 

प्रहरीको सीआईबीको उनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाउने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईँले केही घण्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोस्ट गरेका थिए । 

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप आरोप छ।

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए ।

पक्राउ पर्नुअघि प्रसाईँले ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै लामो स्ट्याटस लेखेका छन् । स्ट्याटसमा भनिएको छ–‘हिजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे सँगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ । मलाई साइबर क्राईम, राज्य द्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु ।  देशभक्त सम्पूर्ण नागरिकहरू, राष्ट्रवादी राजनीतिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकीकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरू हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधीबेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?