काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका-५ मटेहिया गाउँ बस्ने ४८ वर्षीय बाबुराम यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
ललितपुर, गोदावरी नगरपालिका-११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । छिमेकीको घर कम्पाउण्डमा रहेको एभोकाडोको फल झार्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरु अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया