महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा दिने

लोकपथ
28
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी ‘महालक्ष्मी हरित घर कर्जा’ ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीति बमोजिम यस्तो कर्जा प्रदान गर्न लागेको हो । 

जल ऊर्जा, फोहोर पानी निर्मलीकरण, वायु ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा लगायतका कृषि तथा वन जङ्गलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरेर÷गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न प्रदान गरिनेछ । 

यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?