काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्व सभामुख दमननाथ ढुंगाना नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाको रुपमा स्मरण गरेका छन् ।
०४८ सालको निर्वाचनपछि ढुंगाना बहुदलपछिका पहिलो सभामुख बनेका थिए । दलहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्दै संसद्लाई प्रभावकारी बनाउने ढुंगानाले खेलेको भूमिका ऐतिहासिक रहेको नेता केसीले बताए ।
सामाजिक सञ्जालमा लेख्दै नेता केसीले सरकार र माओवादीबीच स्थायी शान्ति कायम गर्न सहजकर्ताको रुपमा आफूहरुले एनटीटीपीमा रहेर सँगै काम गरेको स्मरण गरे ।
‘सरकार तथा द्वन्द्वरत माओवादीबीच स्थायी शान्ति कायम गर्न सहजकर्ता र मध्यस्थकर्ताको रुपमा सक्रिय रहँदा एक संस्था (एनटीटीपी) मार्फत हामीले एकसाथ काम गर्यौं,’ नेता केसीले भनेका छन्, ‘प्रजातान्त्रिक आन्दोलनका एक अथक, निष्ठावान तथा उज्ज्वल नक्षत्र, कानुनी क्षेत्रका वरिष्ट ब्यक्तित्व,शान्ति र लोकतन्त्रको स्थापनाका अद्वितीय समन्वयकर्ता, २०१७ पछिको प्रत्येक लोकतान्त्रीक बिद्यार्थी आन्दोलनका अग्रज तथा पथ प्रदर्शक दमननाथ ढुङ्गाना जीको यही मंसिर २ गते भएको अकल्पनीय निधनबाट म स्तब्ध र साह्रै दुःखी छु। २०४६/४७ मा प्रजातन्त्रको पुनःस्थापना पश्चात २०४८ सालमा निर्वाचित प्रतिनिधिसभाको पहिलो सभामुखका रूपमा उहाँले निर्वाह गरेको ऐतिहासक भूमिकालाई स्वपक्ष र प्रतिपक्ष सर्वत्र उदाहरणीय मानिन्छ ।’
ढुंगानाको ६३ वर्षको उमेरमा मंसिर २ गते आइतबार निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया