काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताएका छन् ।
मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने बताएका हुन् ।
यसको साथै, मन्त्रालय वा खानेपानी लाई निजी कम्पनीहरूको ग्याङले चलाउने गरेको पनि बताए । उनले भने, ‘यहाँ निजी कम्पनीहरूको नै चल्ती छ । अरू कसैको छैन । उनीहरूको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ । अवस्था त्यस्तो छ । हामीलाई धेरै झन्झटिलो कानुनले गर्दा पनि समस्या भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया