बालबालिका हाम्रा भविष्यका कर्णधार हुन् : मन्त्री शाही

लोकपथ
28
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गरेका छन् । बुधबार विश्व बाल दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव हुने बताएका हुन् ।

उनले भने, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिवद्घता व्यक्त गर्ने अवसर पनि हो । बालबालिका हाम्रा भविष्यका कर्णधार हुन् । उनीहरूको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ । तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतीहरूले बालबालिकाहरूमा प्रभाव परिरहेको अवस्था छ ।’

साथै, उनले नेपाल सरकारको तर्फबाट बालबलिकाहरुको अधिकार सुनिश्चित गर्न र बालबालिकाको आवश्यकताहरूलाई नीति तथा कार्यक्रममा समावेश गर्ने बताए । उनले जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार प्रतिवद्घ रहेको समेत बताए ।

उनले जलवायु परिवर्तनका कारण सम्बन्धित क्षेत्रका बालिकाहरुको सुरक्षित र स्वच्छ जीवनको लागि सरकारले प्रभावकारी नीतिहरू र कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?