काठमाडौं । संसार धेरै किसिमका धेरै सुविधा भएका होटल खुलेका छन् । त्यहाँको सुविधा उपभोग गर्ने मानिसहरु धेरै रुपैयाँ खर्च गरेर जान्छन् । यस्तै होटलहरुको सूचीमा एउटा अचम्मको सुविधा भएको होटल छ । यो होटल नेदरल्याण्डको हार्लेम सहरमा रहेको छ ।
The Separation Inn नाम गरेको यो होटलभित्र सरल र सहज तरिकाले डिभोर्स गर्ने सुविधा उपलब्ध रहेको छ । यो होटल अहिले निकै चर्चामा छ । अहिले संसारभरि नै सम्बन्धविच्छेद बढिरहेका बेला यस होटलले डिभोर्सको सम्पूर्ण प्याकेज सेवा उपलब्ध गराउँदै आएको छ । नेदरल्याण्डका एक ३३ वर्षीय व्यवसायी जिम हाफेन्सले उक्त नयाँ बिजनेस मोडेल पेस गरेका छन् । जसअनुसार त्यहाँ शुक्रबार छिरेका विवाहित दम्पती आइतबारसम्ममा डिभोर्स गरेर निस्किन्छन् । उक्त अनौठो होटलमा डिभोर्सको सम्पूर्ण प्याकेज उपलब्ध छ ।
जसमा वकिल तथा मध्यस्थकर्ताको टिमले डिभोर्स गर्ने ग्राहकलाई पर्खिरहेका हुन्छन् । उक्त होटलमा शुक्रबार चेकइन गरेका ग्राहकहरु आइतबार डिभोर्सका कागजात लिएर बाहिर निस्किने छन् । यसका लागि निश्चित शुल्क तिर्नुपर्छ । यो होटलमा यस्तो माहोल दिइन्छ ताकि दम्पतीको डिभोर्स सहज बनोस् । त्यहाँ सम्बन्धविच्छेदको लामो तथा कठिन कानुनी बाटोबाट गुज्रिनुको साटो एउटा सजिलो बाटो प्रदान हुन्छ । होटलमा एउटा यस्तो वातावरण तथा व्यवस्था बनाइएको हुन्छ जसले एकै पटकमा एकसाथ कानुनी सल्लाह, मनोवैज्ञानिक साथ तथा मध्यस्थता प्रदान गर्दछ । यसबाट डिभोर्सको प्रक्रियालाई कुनै तनावबिना तथा शान्तिपूर्वक अन्त्य गरिन्छ । अहिलेसम्म १७ दम्पतीले यो होटलबाट सेवा प्राप्त गरिसकेका छन् र त्यसमध्ये १६ जोडीले सफलतापूर्वक डिभोर्स गरे । यो होटलको शाखा अब अमेरिकामा पनि खोल्ने योजना बनाइएको छ । न्युयोर्कदेखि लस एन्जल्सलगायतका ठुला सहरमा उक्त होटल स्थापना गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया