काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी दूतावास युवा परिषद्को २०२५ समूहका लागि आवेदन खुला गरेको छ । जसको अन्तिम म्याद ३ पुष २०८१ अर्थात् १८ डिसेम्बर २०२४ सम्म रहेको छ ।
यसको उद्देश्य नेपाली युवाहरूले सामना गर्ने चुनौतीहरूको पहिचान र सम्बोधन गर्नुका साथै समुदायले गरेका पहलहरू र नागरिक समाजमा हुने विभिन्न खालका क्रियाकलापमा बढी भन्दा बढी संलग्न हुनको लागि प्रोत्साहित गर्नु हो ।
युथ इनोभेसन ल्याबको व्यवस्थापन अन्तर्गत युवा परिषद्ले नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, र जातीय विविधता सहितको पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पारदर्शनपूर्ण प्रक्रियामार्फत छानिएका २० देखि ३० वर्ष उमेरका ५० देखि ५५ वर्ष उमेरका नेपाली युवाहरूको समूहलाई एकै ठाउँमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया