अन्डर वर्ल्डको एजेन्ट हुँ भन्दै रकम असुल्ने डाक्टर पक्राउ 

लोकपथ
189
Shares

काठमाडौं । ह्वाट्सएपमार्फत ‘अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट’ हुँ भन्दै रकम असुली गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरकाे साबिक आम्तेक गाविस ६ हालकाे परिवर्तित भोजपुर नगरपालिका – ११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका सानो गाँउ बस्ने ३२ वर्षीय आशिष दाहाल रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पेशाले एमबीबीएस डाक्टर रहेका उनले विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत सम्पर्क गरी रकम माग गरेका थिए ।

उनले ९८०९७०५२१५ नम्बरको ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै बिहार लगायतका ठाउँबाट कन्ट्याक किलर भाडामा लगाई ज्यानसमेत मार्छु भनि म्यासेज गरी ५० हजार देखि २ लाख रुपैयाँसम्म रकम माग गरेका थिए । हालसम्म उनले १९ जनालाई सोही प्रकृतिको म्यासेज गरी रकम माग गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आचार्यले बताए ।   

केही समय अगाडि मात्र अमेरिकाबाट फर्किएका आरोपित डाक्टर आरोपित डाक्टर दाहालले अमेरिकाको क्यासिनोमा जुवा हारेपछि सो ऋण तिर्न व्यवसायिलाई प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी पसिर भद्रकाली पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?