काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दिनप्रतिदिन घटिरहेको छ । चार दिनदेखि लगातार घटिरहेको उपत्यकाको न्यूनतम तापक्रमले आज बिहीबार पनि रेकर्ड तोडेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे जारी गरेको तापक्रम विवरणअनुसार काठमाडौं उपत्यकाकोे न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियसमा झरेको छ । आज बिहानको यो तापक्रम काठमाडौं उपत्यकाका लागि यो वर्षकै कम न्यूनतम तापक्रम भएको महाशाखाले जनाएको छ । यसअघि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मंसिर ५ गते ९.२, मंसिर ४ गते ९.९ र मंसिर ३ गते १०.५ डिग्री सेल्सियस थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया