काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा उनले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नुपर्ने भन्दै यस कार्यक्रमलाई समयमा नै पूरा गर्नको लागि ध्यान जान आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘विकास निर्माणका कामहरू र जनतालाई राहत दिने कुरामा तीन वटा सरकार मिलेर काम गर्नुपर्छ भन्ने जुन भावना हो त्यो अनुसार ब्लड बैंकको सहायतामा सरकारको लगानीमा परियोजना सुरु हुनु राम्रो हो । एमओयूदेखि कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गरेर कार्यक्रमलाई समयमा नै पूरा गर्नको लागि ध्यान जान आवश्यक छ ।’
यसको साथै, उनले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिहरूको प्रयोग गरेर बाटोहरू निर्माण गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘हामीले वातावरणमैत्री, प्रकृतिमैत्री प्रविधिहरूको प्रयोग गरेर बाटोहरू निर्माण गर्दा राम्रो हुन्छ । यसमा पनि देशको बनावट अनुसार यस्तो कुरामा अलि बढी नै ध्यान दिनुपर्छ । हतार गरेर मेसिन मात्र प्रयोग गरेर मात्र हुँदैन विकास गर्दा त्यसको दिगोपनलाई पनि ध्यान दिनुपर्छ ।’
कार्यक्रमले रोजगारीको अवसर प्रदान गर्नुको साथै विकास सन्तुलन पनि हुने भन्दै नेपालको लागि एकदमै राम्रो रहेको पनि उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया