बोक्सी लगाएको भन्दै भाइद्वारा दाइमाथि हँसिया प्रहार, घटनास्थलमै मृत्यु

लोकपथ
154
Shares

दैलेख । दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले दाइको हत्या गरेका छन् । दुल्लु नगरपालिका–१३ मालिकाको खणिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै बुधबार साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले घाँटीमा हँसिया प्रहार गरेका थिए । त्यसलगत्तै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए

मृतकको शव दुल्लु अस्पतालमा पोष्टमार्टम भइसकेको छ भने आरोपित भुवनसिंह विकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?