टीभीएस ‘आईक्युब २.२ किलोवाट आवर भेरियन्ट’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

लोकपथ
140
Shares

काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध भएका छन् ।

नयाँ भेरिएन्टको लन्चसँगै टीभीएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९९० रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार टीभीएस आईक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अप्सनहरु रहेका छन् । यस स्कुटरमा पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभवका साथैसजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

आईक्युबको २.२ किलोवाट आवर भेरिएन्ट लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेसनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले नेपालमा टीभीएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको बताए । ग्राहकहरूले केवल एक वर्षमा १० लाखभन्दा बढी किलोमिटर यात्रा पूरा गरिसकेको यो स्कुटर विश्वभरी चार लाखभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको बताए । मुख्यतया नयाँ आईक्युब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्ने भएकाले पनि यसको माग बढ्नेमा आफू विश्वस्त रहेको बताए । दुई घण्टामा ८० प्रतिशतभन्दा बढी चार्ज हुने क्षमताको यो स्कुटर सबैमा पहुँचमा पुग्नेमा विश्वस्त रहेको उनले बताए।

उक्त कार्यक्रममा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आईक्युबसँगको गत एक वर्षको यात्रा सफल भएको बताए । टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको प्रवेशले नेपाली दुईपांग्रे ईभी क्षेत्रमा आएको परिवर्तनमा अझ गति थप्नेमा आफू विश्वस्त रहेको उनले बताए। स्कुटरको वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

नयाँ टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ ।

आईक्युब २.२ किलोवाट आवर भेरिएन्टका विशेषताहरु

टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टमा २.२ किलोवाट आवरको ब्याट्री रहेको छ । यसलाई ९५० वाटको चार्जरबाट चार्ज गर्न सकिन्छ । फास्ट चार्ज गर्दा दुई घण्टामा ८० प्रतिशत सम्म चार्ज गर्न सकिने सुविधा यसमा छ ।

सो स्कुटरमा ५ इन्चको रंगीन टिएफटी स्क्रिन, सवारी दुर्घटना तथा टो अलर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, डिस्ट्यान्स टु एम्प्टी, ३० लिटरको अन्डर सिट स्टोरेज रहेको छ ।

त्यस्तै ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिड लगायतका विशेषता यस स्कुटरमा रहेका छन् । यो स्कुटर बालनट ब्राउन र पर्ल ह्वाइट कलरमा उपलब्ध हुनेछ । आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बजार मूल्य दुई लाख ९९ हजार ९९० तोकिएको छ ।

यसभन्दा अगाडि नेपाली बजारमा टीभीएस आईक्युब स्कुटरका दुई भेरिएन्ट आइसकेका छन् । यसको मूल्य क्रमशः तीन लाख ९९ हजार नौं सय र चार लाख २९ हजार नौं सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?