काठमाडौं । रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिदलखन गाउँपालिका–१ का ४८ वर्षीय गोपाल थापा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।
उनले चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङको कित्ता नम्बर २२४ र कित्ता नम्बर ४९९ को जग्गा आफ्नो नाममा पास गरी नबिल बैंकको खातामा ९५ लाख रुपैयाँ जम्मा गरिदिएको छु भन्दै डिपोजिट स्लिप देखाएर रकम जम्मा नगरीदिएको भन्ने पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया