काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आईएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको हो ।
मङ्सिर ६ गतेदेखि माघ ६ सम्म २ महिनाको लागि चल्ने यस योजनामा आईएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आईएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्नेछन्।
प्रयोगकर्ताहरूले आफ्नो बैंक खातालाई सिधै आईएमई पे एपमार्फत अथवा कनेक्ट आईपीएसमार्फत आईएमई पे एपमा लिङ्क गर्न सक्नेछन्। यस अफरमा सहभागी हुन पहिले नै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नु पर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरू गर्नु पर्ने हुन्छ।
आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यो अभियान प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित कारोबारको फाइदा उठाउन प्रोत्साहन गर्न बनाइएको बताए । उनले आफ्नो बैंक खाताहरू लिङ्क गरेर प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनबाटै सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्ने बताए ।
नेपालको भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया