बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-८ ठेगाना भई नागार्जुन नगरपालिका-६ रामकोट बस्ने ५५ वर्षीय सुरेन्द्र संगतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत चितवन भरतपुरबाट २०८१ कात्तिक ९ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?