काठमाडौं । नेकपा (एमाले) तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्ष पराजित भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीको जन्मजिल्ला तेह्रथुममा नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनमा दशबुँदे समूहका शिव ढुंगाना २३६ मतसहित निर्वाचित हुँदा ओली पक्षधर गोविन्दराज श्रेष्ठले २०४ मतमा चित्त बुझाउनु परेको छ ।
यस्तै, उपाध्यक्षमा सर्वसम्मत विजयी सन्तोष तिगेला पनि दशबुँदे समूहकै हुन् । सचिवमा २२८ मतले निर्वाचित तारा मादेन भने अध्यक्ष ओली पक्षका हुन् ।
उनका प्रत्यासी छत्रप्रसाद रिमालले २०२ मत ल्याए। पुरूष उपसचिवमा दशबुँदे समूहकै यादव खापुङ २२० मतसहित निर्वाचित हुँदा उनका प्रत्यासी अर्जुन ढुंगानाले २०८ मत ल्याए । महिला उपसचिवमा १७५ मतसहित निर्वाचित तारा ढकाल भने ओली पक्षकी हुन् । मंसिर ४ गतदेखि सुरू भएको अधिवेशनले ८९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया