इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं ।  इजरायलले निकासी आदेश जारी गरेको  केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको छ । 

लडाकु विमानहरूले दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ उडिरहेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यस लगतै इजरायली सेनाले विज्ञप्ति मार्फत लडाकु जेटहरूले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणको नयाँ चरण पूरा गरेको जनाएको छ ।

बेरुत र लेबनानको दक्षिण तथा पूर्वका अन्य क्षेत्र पछिको इजरायली आक्रमणमा इजरायलले इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई लक्षित गरेको  छ ।

गाजा द्वन्द्वलाई लिएर इजरायल र हेजबोल्लाह बीच ११ महिना भन्दा बढीको सीमापुर लडाइँ सेप्टेम्बरमा पूर्ण युद्धमा परिणत भएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हमलामा कम्तीमा ५२ जनाको र लेबनानको पूर्वमा करिब ४० को मृत्यु भएको जनाएको छ । 

इजरायली सेनाले शुक्रबार तटीय सहर टायर र नजिकैको बुर्ज अल–शेमाली प्यालेस्टिनी शरणार्थी शिविरका केही भागहरूका लागि निकासी चेतावनी पनि जारी गरेको थियो ।

इजरायल हिजबोल्लाह युद्धको अन्त्यका लागि मध्यस्थता गर्न अमेरिकी दूत अमोस होचस्टेनले बुधबार बेरुतको भ्रमण समाप्त गरेपछि लेबनानमा आक्रमणको गति बढेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार सन् २०२३ अक्टोबर देखिको हिंसामा कम्तीमा तीन हजार ५८३ जनाको मृत्यु भएको जनाएको जस मध्ये अधिकांश मृत्यु यस वर्षको सेप्टेम्बर देखि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?