नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन : होजोन अटो 

लोकपथ
112
Shares

काठमाडौं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा लोकप्रिय नेटा ब्रान्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । बजारमा नेटाको उत्पादन बन्द भएको हल्ला फैलिएसँगै होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । 

होजोन अटोले नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या नभएको भन्दै नेपालसहित विश्व बजारमा यसको नियमित आपूर्ति भइरहेको जनाएको छ । नेपालका केही मिडियामा नेटासम्बन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले विगतका समाचारहरूमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिबद्धता व्यक्त गरेको छ । होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजनक रूपमा वितरण भइरहेको जानकारी पनि दिएको छ । 

नेटाको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्समार्फत बिक्री भएका गाडीहरूमा न्यूनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?