काठमाडौं । नेपाली राजदूतावास यूएईको आयोजनामा निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली व्यवसायी प्रतिनिधमण्डल, गैर आवासीय नेपाली संघ, युएई, नेपाल बिजनेस काउन्सिल, युएई, विभिन्न उद्योगी व्यवसायी तथा नेपाली राजदूतावास परिवारसहित करिब ६० जना सहभागीहरुको उपस्थितिमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
महामहिम राजदूत तेजबहादुर क्षेत्रीले साे कार्यक्रममा नेपालको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने पक्षमा राजदूतावासले सधैँ उच्च महत्वका साथ कार्य गरिरहेको बताए । साथै उनले व्यावसायीहरुबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिँदै दूतावासले सधैँ सहयोगीको भूमिका निर्वाह गर्ने पनि बताए ।
उक्त कार्यक्रममा यूएईको बजारमा नेपाली उत्पादनका सामग्रीहरुको प्रचुर सम्भावना रहेको र निर्यातको क्षेत्रमा हाल देखा परेका चुनौति र भविष्यमा दुईदेशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायहरुका वारेमा उपस्थित व्यावसायीहरुबीच गहन छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया