सरकारलाई असफल हुने छुट छैन : मन्त्री अधिकारी

लोकपथ
0
Shares

बाँके । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । 

नेकपा (एमाले) बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले राजनीतिक स्थायित्व र देशमा अग्रगमनका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । 

‘हामीले जनतालाई आशा जगाउने गरी काम गरिरहेका छौँ, त्यसको प्रतिफल आइरहेको छ, ’मन्त्री अधिकारीले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार दृढताका साथ काम गरिरहेका छौँ ।’ सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन गरिरहेको उनले जानकारी दिए । 

सहकारीमा देखिएका समस्या समाधान गर्न समिति नै बनाएर अध्ययनको काम गरिरहेको मन्त्री अधिकारीले बताए । ‘ऋण लगेकालाई ऋण तिर्न पर्दैन भन्ने हल्ला फैलाइएको छ, त्यो होइन, ऋण तिर्नुपर्छ, ’उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?