काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय ईन्द्र राजवंशी र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २१ वर्षीय जीवन शाही रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरी टोलीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार राजवंशीलाई ११ ग्राम लागुऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
साथै सोही प्रहरी टोलीले सुनौलीदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ०१०७ नम्बरको बसमा सवार शाहीलाई ट्रामाडोल १ सय ३ ट्याब्लेटसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया