आजको विदेशी मुद्राको विनियमदर, कुन देशको कति ?

लोकपथ
147
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

यस्तै युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ दुई पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, सिंगापुर डलर एकको खरिदर एक सय एक रुपैयाँ चार पैसा र बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?