काठमाडौं । ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंकले आयोजना गरेको ‘गरिमा रोड रेस’ सम्पन्न भएको छ । बैंकले आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरेको गरिमा रोड रेसमा ६५० जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोड रेस प्रतियोगीताको खुलातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।
खुलातर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाट आई समापन हुने गरी रुट तय गरिएको थियो ।
कुल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार ६० हजार ४५ हजार, ३० हजार र १५ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि खेलकुद निकै आवश्यक पर्ने हुँदा यस्त प्रतियोगिताको आयोजना समयसमयमा गरिनुपर्ने बताए । विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंकले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दुरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।
साथै, विकास बैंकले कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रति गोल १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको १ लाख नगद पुरस्कार प्रदान गर्यो ।
गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया