सीजी मोटर्सद्वारा ललितपुरको बागडोलमा नयाँ अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन

लोकपथ
133
Shares

ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीजीले आफ्नो सेवा सञ्चालनको दायरा विस्तार गर्ने क्रममा बागडोलमा अत्याधुनिक सुविधाको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त अत्याधुनिक सर्भिस सेन्टरको सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले गरे । सीजीका काठमाडौं उपत्यकामा योसहित दुई र सर्भिस पार्टनरको समे तर गरेर चार वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।

२२ स्थानहरूमा बलियो बिक्री केन्द्र र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटनमार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ । साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतालाई आफ्नो विशेषज्ञता विस्तार गर्दै चार्जिङ पोइन्टहरुमा पनि लगानी बढाएको जनाएको छ ।

हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जीबीटी चार्जिङ पोइन्टहरुका साथ सर्वाधिक चार्जिङ पोइन्टहरुको सङ्ख्या राखेको छ । मोटर्सले एक सय भन्दा बढी स्थानमा चार्जिङ पोइन्टहरु बिस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

नयाँ सीजी सर्भिस सेन्टरले सीजी मोटर्सअन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू जस्तै आयोन,एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदिलाई सेवा प्रदान गर्ने जनाएको छ ।कम्पनीले योसँगै सीजी केयर्स सेवा पनि सुरु गरेको छ ।

जसअन्तर्गत ९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४र७ सडक सहायता उपलब्ध गराएको छ । अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित सीजी मोटर्सले दक्ष र विशेष सेवा उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?