काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलता र उद्योगले मुलुकको परिवर्तन अर्थात् औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताएका छन् । दशौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै उनले मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौँ चुनौतीको सामना गर्नुपर्ने रहको पनि बताएका हुन् ।
उनले भने, ‘उद्यमशीलता र उद्योगले मुलुकको परिवर्तन अर्थात् औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको छ ।अबको हाम्रो यात्रा भनेको समृद्धिको हो । यसमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामहरुको जति पनि तथ्यांकहरु छन् ती सबै यथोचित छैनन् । थुप्रै नकारात्मक तस्बिरहरू हामीले देखेका छौँ, सुनेका छौँ । थुप्रै सम्भावनाहरु पनि मुखैमा छन् । त्यसैले मुलुकलाई सफलतातिर डोर्याउन र सम्भावनाहरूलाई अवसरमा बदल्नका लागि सबै चुनौतीहरूलाई चिर्नुपर्ने अवस्था छ ।’
साथै उनले निजी र सरकारी क्षेत्रले हातेमालो गर्न सके विकासका यात्रामा मुलुक धेरै पछाडि नरहने बताए । उनले राज्यबाट थुप्रै निजी क्षेत्रले औँल्याएका प्रश्नहरुमा समूचित वातावरण बन्न नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया