पर्वत । पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै ‘द क्लिफ’ ले उत्कृष्ट करदाता सम्मान प्राप्त गर्न सफल भएको छ । कुस्मा–बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल प्रसिद्ध पर्यटकीय गन्तव्य ‘द क्लिफ’ नेपाललाई आन्तरिक राजश्व कार्यालय बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको हो ।
पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस २०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्कार्इ साइक्लिङ, स्कार्इ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्कार्इ ग्लाइडिङ, स्कार्इ चेयर लगायत गतिविधि सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया