काठमाडौं । आफ्नै आँगनमा उद्यम गर्ने, आफ्नै घरको मिठो मसिनो खाने अनि आफ्नै देशमा पौरख गर्ने चाहना कुन नेपालीको नहोला ! आयआर्जनका लागि विदेशिनु मात्रै विकल्प होइन, बरु आफ्नै मातृभूमिमा पाखुरा सुर्क्याएर सपनाको घर बसाउन चाहनेहरु पनि कम छैनन् हाम्रो देशमा । आज हामी स्वदेशमै उद्यम गरेर रोजगारी सिर्जना गर्दै उद्यमशिलताको विकास र आर्थिक रुपमा सवल बन्न प्रेरित गरेको एक घरको कथा पस्किँदै छौं ।
तीन वर्षअगाडि एक व्यक्तिले गरेको प्रयासले त्यतिबेला सार्थकता पायो जतिबेला ती व्यक्तिसँग जोडिए ६० जिल्लाका उद्यमी व्यवसायी । आफ्नै घर, आँगन, बारी, वनजंगलमा खेर गइरहेका सामग्रीको सदुपयोग गर्दै मनग्य आम्दानी मात्रै होइन रोजगारी सिर्जनामा जुटेकाहरुका लागि सहज प्लेटफर्म बनिदियो ‘उद्यमी घर’ । र, नेपालभरका व्यवसायीका उत्पादनको जिम्मा लिइदिनुपर्ने राज्यका लागि चुनौती बनेर खडा भए दिपक कार्की । उद्यमी घरका सञ्चालक हुन दिपक कार्की । कार्की ६० जिल्लाका उद्यमी व्यवसायीका प्रेरणाका स्रोत मात्रै बनेनन् ती उद्यमीका पौरखमा पुल पनि बनिदिए ।
रामेछाम जिल्लामा जन्मिएका कार्कीले औपचारिक शिक्षा ललितपुरबाट पूरा गरे । लगभग १८ वर्ष गैरसरकारी संस्थामा रहेर मुलुकभर विकासका कार्यक्रममा सहभागी भए । नेपालका ४५ भन्दा बढी जिल्लामा सरकारका निकायसँग मिलेर सिपमूलक तालिम दिएका उनले तालिम दिएर मात्रै हुँदैन उनीहरुलाई उद्यमशिलता अनि रोजगारीमा जोड्नुपर्छ भन्ने हेतुले आफैले व्यवसाय सुरु गर्ने निर्णय गरे । सामाजिक क्षेत्रमा रुची भएका कार्की समाजकै एक हिस्सा बनेर समाज र मुलुकका लागि सहयोग गर्न चाहन्थे ।
रामेछाम जिल्लामा जन्मिएका कार्कीले औपचारिक शिक्षा ललितपुरबाट पूरा गरे । लगभग १८ वर्ष गैरसरकारी संस्थामा रहेर मुलुकभर विकासका कार्यक्रममा सहभागी भए । नेपालका ४५ भन्दा बढी जिल्लामा सरकारका निकायसँग मिलेर सिपमूलक तालिम दिएका उनले तालिम दिएर मात्रै हुँदैन उनीहरुलाई उद्यमशिलता अनि रोजगारीमा जोड्नुपर्छ भन्ने हेतुले आफैले व्यवसाय सुरु गर्ने निर्णय गरे । सामाजिक क्षेत्रमा रुची भएका कार्की समाजकै एक हिस्सा बनेर समाज र मुलुकका लागि सहयोग गर्न चाहन्थे ।
त्यसैले, उनले स्वदेशमै बसेर नेपाली उत्पादन, नेपाली कला संस्कृतिको जगेर्ना गर्नु आफ्नो दायित्व ठाने । राज्यसँग कार्यक्रम छ, बजेट छ, गैरसरकारी संस्थाहरुसँग मिलेर विभिन्न कार्यक्रम चलाउँछ, सिप सिकाउँछ तर त्यसले कुनै प्रभाव पार्यो कि पारेन वास्ता गर्दैन । मुलुकका कुनाकाप्चामा पुगेर सवै वर्ग समुदायलाई सिपमूलक तालिम दिएपछि त्यो सिपबाट आयआर्जनको ढोका खोल्नमा पनि राज्यको सहयोग हुनुपर्ने हो ।
तर, तालिम दियो न सहुलियत छ न त उनीहरुले उत्पादन गरेको सामग्रीको बजारीकरण नै । सिपमूलक तालिमसँगै उद्यमशीलता विकासका तालिम दिएर बजार र वित्तीय संस्थाहरुसँग जोड्ने, उत्पादनलाई प्रोत्साहित गर्ने काममा कार्की र उनको संस्था लागे पनि उत्पादित सामानको बजारसम्म पहुँच नहुँदा जनतालाई स्वरोजगार बनाउने लक्ष्य त्यतिकै अलमलिरहेको थियो । यो सब चुपचार हेर्न बाध्य कार्कीले आखिर जागिर छाडे र उद्यमी घर सुरु गरे । जहाँ आज ती उद्यमीका सपना मिसिन पुगेका छन् ।
उद्यमीलाई राज्यले प्रोत्साहनसम्म पनि गर्न नसकेको अवस्थामा एक व्यक्तिको प्रयासले थुप्रै युवाले रोजगारी पाउनुका साथै राम्रो आयआर्जन गर्न सफल भएका छन् । मुलुकभरका उद्यमी र उत्पादनलाई एकैठाउँमा ल्याएर उनीहरुको आयआर्जनको बाटो खन्न सफल उद्यमी घरले मुलुकभरका कला, संस्कृतिलाई समेटेको छ । एउटै छातामुनी समेटिएका सिंगो मुलुकको कला, सस्कृति, सम्पदाको संरक्षणमा जुटेको उद्यमी घर व्यवसायिक केन्द्र भन्दा बढी संग्रहालय जत्तिकै देखिन्छ ।
संग्रहालयको झल्को दिने उद्यमी घर
एकातिर विश्व बजारमा नेपाली उत्पादनको माग भए पनि पुर्याउन नसक्दा नेपाली व्यापारी निराश थिए भने अर्कोतिर सिप भएर पनि बेरोजगार हुनुपर्दा महिला अनि युवाहरु हतोत्साही हुने अवस्था थियो । आफू पनि व्यवसाय गर्ने र देशभरका व्यवसायीलाई विश्व बजारसँग जोड्ने अनि बेरोजगार युवालाई रोजगारीमा प्रोत्साहित गर्ने हेतु कार्कीले उद्यमी घर सुरु गरे । सबै नेपाली उत्पादनलाई एउटै प्लेटफर्ममा राख्दा बजारीकरणमा सहज हुने भएकाले उनले एउटा सिंगो घर भाडामा लिए र व्यवसाय सुरु गरे । जहाँ कृषि, लघुउद्यम, वन पैदावार, साना उद्योग, हस्तकला जस्ता सानासाना उद्यमीका पौरख जोडिएका छन् ।
ललितपुर चापागाउँ दोवाटोमा छ उद्यमी घर । नेपाली उत्पादनले भरिएको यो उद्यमी घरलाई धेरैले संग्रहालय भन्ने गरेका छन् त कतिले नेपाली सामानको सुपरमार्केट । ग्राहकको अर्डरअनुसारको सामग्री पनि बनाइने भएकाले उद्यमी घरले आफ्नै गार्मेन्ट पनि सञ्चालन गरेको छ । ग्राहकको चाहनाअनुसारका सामान पुर्याउन नसक्दा आफैले गार्मेन्ट सुरु गरी ग्राहकको डिजाइनअनुसारका सामग्री निर्माण गर्ने गरेको सञ्चालक कार्की बताउँछन् ।
उद्यमी घरमा घरायसी सरसामान, लगाउनेदेखि खाने, सजाउनेदेखि मनोरञ्जनका सबै सामान उपलब्ध छन् । विदेशबाट नेपाली उत्पादनको माग बढी आउने हुँदा नेपालका सबै जातजाति, भेषभुषाका कपडा उद्योगी घर आफैले बनाउने गरेको छ । विवाह, ब्रतबन्ध, पास्नीमा लगाइने कपडा पनि यहीँ बन्छ ।नेपाली पौरखीका लागि एउटै थलो बनेको यो घरले नेपालको हिमाल, पहाड, तराईसम्मका कुनाकाप्चामा उत्पादित नेपाली उत्पादनलाई बिक्री वितरण गर्दै आइरहेको छ ।
उद्यमी घरमा घरायसी सरसामान, लगाउनेदेखि खाने, सजाउनेदेखि मनोरञ्जनका सबै सामान उपलब्ध छन् । विदेशबाट नेपाली उत्पादनको माग बढी आउने हुँदा नेपालका सबै जातजाति, भेषभुषाका कपडा उद्योगी घर आफैले बनाउने गरेको छ । विवाह, ब्रतबन्ध, पास्नीमा लगाइने कपडा पनि यहीँ बन्छ । नेपाली पौरखीका लागि एउटै थलो बनेको यो घरले नेपालको हिमाल, पहाड, तराईसम्मका कुनाकाप्चामा उत्पादित नेपाली उत्पादनलाई बिक्री वितरण गर्दै आइरहेको छ । नेपाली ढाकाका कपडाहरु जस्तोः सारी, चोलो, पछ्यौरा, टोपी, दौरा सुरुवाल, तन्ना, सिरकका खोललगायत उहाँ उपलब्ध छन् । कटन, मखमल, सिस्नो, केराको रेसा, बाँसका रेसा र रेसमबाट बनेका विभिन्न प्रकारका कपडाहरु यहाँ उपलब्ध छन् । गाँजाबाट बनेका कपडाहरु, जुत्ता चप्पल, मोजा, अल्लोबाट बनेका कपडा, केराका सुप्लाबाट बनेका कपडा पनि यहाँ पाइन्छ ।
गाँजा (हेम्प)का कपडाको माग अहिले उच्च छ । स्किन फ्रेन्ड्ली गाँजाका कपडा, जुत्ता, चप्पल, मोजा नेपालीले मात्रै होइन विदेशीले पनि रुचाएका छन् । गाँजाको कपडाले छालासम्बन्धी रोग लाग्न नदिने भएकाले यसबारे जनचेतना नै जगाउन जरुरी रहेको कार्की बताउँछन् । त्यस्तै अल्लो, ढाका, मखमलबाट बनेका कपडा, जुत्ता, चप्पल, ब्याग, पर्स, वालेट यहाँ पाइन्छन् । त्यसैगरी, कर्णाली क्षेत्रका खाद्यान्न पनि यहाँ पाइन्छ । हिमाली भेगमा बन्ने राडी, पाखी, गलैंचा, कुसन, चकटी पनि यहाँ पाइन्छ ।
काठ, बाँस, नियालोका विभिन्न घरायसी उपकरणदेखि सजावटका सामानहरु यहाँ राखिएका छन् । चोया, थाकल, मकैका खोस्टा, छ्वाली, घाँस, बाबियो, कुशबाट बनेका टोपी, घरायसी सामानमा ढकिया, डाला आदि । चोया, बाबियोबाट बुनिएका मुडाहरुको माग पनि बढेको छ । विभिन्न होटेर रेष्टुरेन्टहरुमा यसको प्रयोग बढेको छ । त्यस्तै बेतका सोफा, टेबल, कुर्सीहरुको माग पनि अहिले बढी छ । बालबालिकाका लागि खेलौना, गुडियाहरु पनि यहाँ पाइन्छ ।
काठका ठेकीको माग अहिले बजारमा बढेको छ । यहाँ काठका डाडु पन्यो, चम्चा, ओखल, ठेकी, हर्पे, ट्रे, चपिङ बोर्ड, रोटी बेलना, लौरो, हलो, जुवा, चुलेसी, खुर्पेटो, मादल, सारङ्गी, घडीलगायतका घरायसीदेखि सजावटका सामान छन् । त्यस्तै माटाका भाँडाकुँडा पनि यहाँ पाइन्छ । ढुंगाको लोहोरो, सिलौटो, जाँतो पनि उद्यमी घरमा उपलब्ध छ । उद्यमी घरमा सुपारीको पातबाट बनेका टपरी, कचौरा, चम्चाहरुको माग पनि उत्तिकै छ जुन तराईका जिल्लाहरुमा उत्पादन हुने गरेको छ ।
यतिमात्रै होइन यहाँ विभिन्न प्रकारका काठका फ्रेमहरु पनि उपलब्ध छन् । उपहार तथा मायाको चिनोको रुपमा दिइने सामग्रीमा काठ, तामा, पित्तलका आकृतिहरु, नेपाली परम्परागत मुर्तिहरु, आँखी झ्याललगायतका सामाग्री यहाँ उपलब्ध छन् । सम्मानपत्र, प्रमाणपत्र, शिल्डहरु पनि यहाँ बन्ने गरेका छन् । नेपाली कलाकारले पोतेका सुन्दर हाते पेन्टिङहरु पनि यहाँ पाइन्छ, जुन वर्षौसम्म नबिग्रने भएकाले सजावटका लागि यसको माग स्वदेश तथा विदेशमा पनि उत्तिकै छ ।
उपहार तथा मायाको चिनोको रुपमा दिइने सामग्रीमा काठ, तामा, पित्तलका आकृतिहरु, नेपाली परम्परागत मुर्तिहरु, आँखी झ्याललगायतका सामाग्री यहाँ उपलब्ध छन् । सम्मानपत्र, प्रमाणपत्र, शिल्डहरु पनि यहाँ बन्ने गरेका छन् । नेपाली कलाकारले पोतेका सुन्दर हाते पेन्टिङहरु पनि यहाँ पाइन्छ, जुन वर्षौसम्म नबिग्रने भएकाले सजावटका लागि यसको माग स्वदेश तथा विदेशमा पनि उत्तिकै छ ।
उद्यमलाई रोजगारीसँग जोड्दै उद्यमी घर
उद्यमी घरसँग हाल छ सय बढी उद्यमी व्यवसायी जोडिएका छन् । साथसाथै उद्यमी घरमै ३२ जनाले रोजगारी पाएका छन् । यीसँगै अनलाइन व्यापारमा पनि जोडिएको उद्यमी घरका सामान दराजलगायतका अनलाइन प्लेटफर्ममा उपलब्ध छन् भने उद्यमी घरले आफै पनि सोसल साइटमार्फत अनलाइन व्यापार गरिरहेको छ । आफ्नै ई–कमर्श साइट लन्च गर्ने तयारीमा रहेको उद्यमी घरले ग्राहकको मागअनुसारको सामग्रीसँगै डेलिभरीको सुविधा पनि दिएको छ ।
नेपालका प्रायःजसो क्षेत्रमा पुगेर सिपमूलक तालिम दिइसकेका कार्कीले उनीहरुलाई उद्यमशिलतासँगै रोजगारीसँग जोड्दै जाने योजनाअनुरुप नेपाली उत्पादनको बिक्री केन्द्र उद्यमी घर सञ्चालनमा ल्याएर आफूलाई युवा रोजगारी, महिला सशक्तीकरणको क्षेत्रमा सक्रिय राख्न चाहन्छन् । समय–समयमा विभिन्न रोजगारमूलक तालिममा सहभागी भइरहने उनी तालिम दिएपछि उद्यम गर्ने वातावरण बनाउन र उत्पादित सामाग्रीको बजारीकरण गर्न पनि सहयोग गर्न आफै सक्रिय रहन्छन् । कार्की ती उद्यमीहरुसँग जोडिन चाहन्छन् जो आफ्ना उत्पादन बजारसम्म पुर्याउन सक्दैनन् ।
उद्यम गर्न चाहने तर सिप र बजारको अभावमा अल्झिएका उद्यमीका लागि सिप सिर्जना गर्नु र बजारको जिम्मा लिनु चानचुने कार्य थिएन । स्वदेशी उत्पादनले बजार नपाउँदा उत्पादित समाग्री बिग्रने र यतिकै थन्कने अवस्थालाई चुनौती दिँदै उद्यमी घरले बजारको जिम्मा लिएको छ । र, यहाँ जोडिएका व्यवसायीले भुक्तानीको समस्या भोग्न नपरेको कार्कीको भनाइ छ । विदेशी सामानले बजार ओगटेको अवस्थामा स्वदेशी उत्पादनले स्थान नपाउनु एकातिर छ भने अर्कोतिर स्वदेशी उत्पादनमा भरोसा नहुनु । नेपालमा दैनिक उपभोग्यबाहेकका सामाग्रीको पनि ठूलो उत्पादन हुने गरेको छ भन्ने जानकारीसमेत कतिलाई छैन, कारण हो स्वदेशी उत्पादनको बजारमा पहुँच नहुनु ।
नेपाली उत्पादन भन्नेबित्तिकै तपाईं हाम्रो मानसपटलमा हस्तकलाका सामग्री मात्रै झ्वाट्ट आउँछन् । कसैलाई नेपाली उत्पादनका सामाग्री उपहार दिन होस् वा नेपाली उत्पादनबारे जानकारी गराउन हत्त न पत्त हस्तकलाका सामग्री खोज्न हामी दौडन्छौं । नेपालमा के–के उत्पादन हुन्छन् त भनेर जान्ने कोसिस पनि हामी गर्दैनौं । नेपालमा के–के उत्पादन हुने रहेछन् भनेर जान्न चाहनेका लागि उद्यमी घर एउटा उत्कृष्ट थलो बनेको छ ।
यतिमात्रै होइन उद्यमी घरमा नेपाली मौलिक खानाहरुको भान्छाघर पनि सञ्चालनमा छ । जहाँ कोदो, मकै, चामल, गहुँ, फाँपर, उवा जस्ता रैथाने उत्पादनका खाना पाइन्छ । नेपालीपनको अनुभूति होस् भनेर उद्यमी भान्छा घरको डिजाइन पनि गाउँले घरको डिजाइनमा बनाइएको छ । छ्वालीको पाखा लगाएर बिल्कुलै गाउँघरको झल्को दिने गरी भान्छा घरको निर्माण गरिएको छ ।
उद्यम गर्न कानुन बाधक
उद्यमशीलताले उद्यमीलाई आर्थिक रुपमा सबल बनाउने मात्रै होइन देशको आर्थिक विकासमा पनि ठूलो सहयोग गर्छ । उद्यमशीलताले उत्पादकत्व बढाउँदै रोजगारीको सिर्जना गर्ने हुनाले युवालाई उद्यममा प्रेरित गर्नु राज्यको दायित्व हो । हाम्रो रिसोर्सलाई उच्चतम प्रयोग गर्न मात्रै सक्ने हो भने पनि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने थियो । तर, यो सबै राज्यको प्राथमिकतामा कहिल्यै परेन । योजना भएर पनि कार्यान्वयनमा नजाँदा आज लाखौं युवा पलायन भइरहेको यथार्थ हामी माझ छ ।
विश्व नै प्लाष्टिकजन्य र नगल्ने सामग्रीको बिगबिगीबाट कसरी बाहिर निस्कने भन्ने खोजीमा लागिरहेको अवस्थामा नेपालमा भने यस्ता सामाग्री आयात गरेर व्यापार गर्नेहरुलाई राज्यले नै प्रोत्साहन गरिरहेको पाइन्छ । तर, स्वदेशमा उत्पादन हुन सक्ने स्वस्थकर सामग्रीको बारेमा भने अनभिज्ञता देखाइरहेको छ ।
नेपाल कृषिप्रधान देश अनि वनजंगल, पानीको राम्रो स्रोत भएको देश । वन पैदावारसँग सम्बन्धित थुप्रै उद्यमहरुको सम्भावना यहाँ छ । जुन राज्यको नजरमा कहिल्यै परेन । राज्यले नीति नियम बनाएर यसको अथाह सम्भावनालाई उजागर गर्ने मात्रै हो भने यो मुलुक धनी बन्न समय नलाग्ने उद्यमी घरका सञ्चालक कार्की बताउँछन् । उनी भन्छन्, ‘सम्भावनाले घेरिएर हामी बसेका छौं तर ती सम्भावनाका लागि राज्यको कानून नै बाधक छन् । जस्तोः वनपैदावारसँग सम्बन्धित उद्योगमा राज्य आफै चुकेको छ । के गर्नु आफ्नै स्रोत साधनको अवहेलना भइरहेको हामी टुलुटुल हेर्न बाध्य छौं ।’
हाम्रो देशमा विदेशी उत्पादन ल्याउनेलाई सम्मान र स्वदेशी अझ गाउँघरमा पाइने कच्चा पदार्थबाट उत्पादित सामाग्रीको विक्रीवितरण गर्नेलाई दण्ड दिइन्छ । आफ्नै घरबारीका कच्चा पदार्थ, जडिबुटी, वनक्षेत्रका बस्तुको प्रयोग गरेर केही उत्पादन गर्ने हो भने राज्यले तस्करको बिल्ला भिराइदिन्छ । त्यसैले, समयसापेक्ष कानुन परिमार्जन गर्दै यहीँको रिसोर्सको पहिचान र प्रयोग गर्न सके अरुको मुख ताक्न पर्ने थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया