प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय : मंसिर १८ गते राष्ट्रपतिसँग भेटवार्ता, त्यसै दिन सम्झौतामा हस्ताक्षर

लोकपथ
392
Shares

काठमाडौं । आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिपल्टै चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

यसैगरी, प्रधानमन्त्री ओली मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यसै दिन प्रधानमन्त्री ओली नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा सहभागी हुने कार्यक्रम तय भएको छ । उनी २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका तय गरेको हो ।

परराष्ट्र मन्त्रालयले तयार पारेको यो प्रस्तावित तालिकालाई मन्त्रिपरिषद बैठकले भने पारित गर्न बाँकी छ । त्यसबेलासम्म यसमा केही हेरफेर र कार्यक्रम थपघट पनि हुनसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?