चीन भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री ओलीले थाले छलफल

लोकपथ
154
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका एजेण्डाहरुका बारेमा सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल थालेका हुन् ।

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । आजको छलफलमा आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपराष्ट्रमन्त्री, परराष्ट्रमन्त्रीसहित अधिकारीहरुको उपस्थिती रहेको थियो ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायत उपस्थित रहेका छन् । तर भेटघाटमा पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई भने सहभागि छैनन् ।

त्यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित पूर्व परराष्ट्रमन्त्रीहरु एनपी साउद, नारायणकाजी श्रेष्ठ, विमला राई, प्रदीप ज्ञवाली, डा. भेषबहादुर थापा र डा.प्रकाशचन्द्र लोहनी लगायत उपस्थित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?