मोरङ । कुमारी बैंकले युएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्धन कार्यक्रमअन्तर्गत मोरङको बेलबारीका उद्यमीलाई प्रशिक्षण दिएको छ । नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले बेलबारी नगरपालिकासँगको समन्वयमा उक्त क्षेत्रका उद्यमीहरूलाई व्यावसायिकता विकासका लागि प्रशिक्षण दिएको हो ।
वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशीलता प्रवर्धन तथा विकास हुने भन्दै बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्धन तथा विकासमा टेवा पुर्याउँदैआर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया