चिसो मौसम मुटु रोगीका लागि जोखिमपूर्ण ! कसरी बच्ने ?

लोकपथ
49
Shares

काठमाडाैं । जाडो मौसममा शरीरका नशाहरु र रगतका नलीहरू खुम्चिने गर्छन् । जसका कारण उच्च रक्तचाप वा ब्लड प्रेसर बढ्ने गर्दछ । ब्लड प्रेसर बढेपछि मुटुलाई भार पर्छ । रगतहरूको  नशाहरु बढ्ने र नशाहरु ब्लक हुने सम्भावना हुन्छ । उच्च रक्तचाप  बढेका कारण, मुटुलाई  भार परेका  कारण  ब्लडको  नशाहरु स्टिक भएर ब्लक हुने सम्भावना हुन्छ । जसका कारण जाडो मौसममा हृदयाघात हुने गर्दछ । 

मुटुको समस्या जोकोहीलाई हुने गर्छ । उमेर पुगेका व्यक्तिहरूलाई बढी समस्या देखिन्छ । मुटुमा समस्या देखिनुको पनि विभिन्न रिक्स फ्याक्टरहरू हुन्छन् । जस्तै मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको लेबल हुनु रिक्स फ्याक्टरका हुन् । यसो हुँदा रगतका नशाहरुमा कोलेस्ट्रोलको लेदोहरु जम्ने खतरा रहन्छ । यस्तो समस्या आउँदा प्यारालाइसिस हुने र मुटुको रगतहरू बन्द भएर ह्दयघात हुने गर्दछ । 

अहिले नेपालमा योङ्गर मान्छेहरुमा पनि यस्ता समस्याहरू देखिन थालेका छन् । अधिक धूम्रपान वा मध्यपान गर्ने युवाहरू यसको सिकार भइरहेका छन् । अस्वस्थ खानपान, अस्तव्यस्त जीवनशैलीका कारणले गर्दा मुटुको समस्या बढ्दो छ । नियमित व्यायाम नगर्ने, जंगफूड बढी खाने बानीले युवा अवस्थामा पनि ह्दयघात हुनसक्छ ।  तर  कुनै  कुनै बच्चामा जन्मजातै मुटुमा समस्या देखिने गरेको पाइन्छ । साथसाथै  बाथका कारण मुटुरोग बच्चादेखि १५ वर्ष उमेर समूह र पछिसम्मै देखापर्ने गर्छ । संसार भरिको सबैभन्दा बढी हुने रोग भनेको मुटुको धमनीसँग सम्बन्धित रोग हो । यो युवा अवस्थामा बढी देखा परिरहेको छ ।

ह्दयघातको कुरा गर्दा महिला भन्दा पुरुषलाई बढी हुने गरेको तथ्यांक नै छ । महिला भन्दा पुरुषमा रिक्स बढी हुन्छ । परिवारमा कसैलाई ह्दयघात भएको छ भने त्यो वंशाणुगत गुणसमेत हुने गर्दछ । साथसाथै महिलाहरूमा हेर्दाखेरी जुन पोस्ट मिन्सुरेसन हुन्छ त्यो उमेर पुगेसँगै उत्तिकै रिक्स ल्याउँछ । उमेरको समय हेर्दाखेरी चाहिँ जुन ह्दयघातहरु महिला भन्दा पुरुषमा बढी हुने गरेको तथ्यांकहरुले देखाउँछ । 

ह्दयघातको कुरा गर्दा महिला भन्दा पुरुषलाई बढी हुने गरेको तथ्यांक नै छ । महिला भन्दा पुरुषमा रिक्स बढी हुन्छ । परिवारमा कसैलाई ह्दयघात भएको छ भने त्यो वंशाणुगत गुणसमेत हुने गर्दछ । साथसाथै महिलाहरूमा हेर्दाखेरी जुन पोस्ट मिन्सुरेसन हुन्छ त्यो उमेर पुगेसँगै उत्तिकै रिक्स ल्याउँछ । उमेरको समय हेर्दाखेरी चाहिँ जुन ह्दयघातहरु महिला भन्दा पुरुषमा बढी हुने गरेको तथ्यांकहरुले देखाउँछ । 

जाडो महिनामा कसैको मुटुको नशाहरु ब्लक छ र कसैलाई ब्लड प्रेसर छ भने चाहिँ समस्या आउँछ । ह्दयघात बढाउने गर्छ । चिसोले ब्लड प्रेसर बढाउने, नशाहरु ब्लक गर्ने कारणले जोखिम बढी हुन्छ । जाडो महिनामा कोल्डटेम्प्रेचरले शरीरमा जुन प्रवाहहरू गर्छ त्यो कम गर्नुपर्दछ ।  

मर्निङवाकमा सचेत

मर्निङवाक गर्दा बाहिर आउटअफ गर्दाखेरी चिसोले धेरै समाउँछ । चिसोले समातेको खण्डमा दुई तीनवटा कुराहरू हुन्छन् । चिसो हावा सिँधै प्रवेश गर्दा फोक्सोको हावाको नलीहरू बन्द भएर घाँटी दुखाइ बढ्न सक्छ । साथसाथै चिसोले गर्दा मुटुको धमनीहरू र रगतका नशाहरु खुम्चिने गर्छन् । नशाहरु खुम्चिएकै कारणले ब्लड प्रेसर बढ्छ । ब्लड प्रेसर बढ्दा अगाडिबाटै मुटुका रोगीहरू छन् भने उनीहरूलाई अझै धेरै समस्या बनाउँछ । जाडोका कारण विभिन्न हर्मनहरु निस्किएर मुटुलाई भारपर्ने हुन्छ । बाहिर जाँदा सकेसम्म मुटुरोगीका बिरामीहरूले जाडो मौसममा मर्निङवाकहरु कम गर्नुपर्छ ।

जोगिने उपाय 

मुटुरोगबाट बच्नको लागि परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने दुई वटा कारणहरू छन् । परिवर्तन गर्न सकिने कुराहरू धेरै छन् । परिवर्तन गर्न नसकिने वंशाणुगत गुण हो । त्यसलाई परिवर्तन गर्न सक्दैनौँ । तर मुटुरोगबाट बच्नको लागि परिवर्तन तत्त्वहरू उच्च रक्तचाप, मधुमेह, डायबिटिज, उच्च कोलेस्ट्रोलको लेबल ,स्वस्थ जीवन, अस्वस्थ्य खानपान, मेन्टल स्ट्रेस वा तनावहरू जस्ता समस्याहरूलाई कन्ट्रोल गर्नुपर्छ ।  

युवा अवस्थामा मुटु सम्बन्धी समस्या देखिनुको कारण भनेको धूम्रपान र मध्यपानले गर्दा  हो । धूम्रपान र मध्यपाका कारण युवा अवस्थामा ह्दयघात भइरहेको हुन्छ । त्यसकारण जीवनशैलीलाई  परिवर्तन गर्नुपर्छ ।  दैनिक व्यायाम गर्नुपर्छ । खानपानमा चिल्लो पदार्थ कम गर्नुपर्छ । ठिक्क मात्रामा नुनको  प्रयोग गर्नुपर्छ । सकेसम्म हरियो  सागपातलाई बढाउन सकेमात्र मुटुरोगलाई रोक्न सकिन्छ ।

हृदयघातको संकेत 

हृदयघातको संकेत विभिन्न हुनसक्छन् । स्वाँ स्वाँ बढी हुनु, खुट्टाहरु सुनिनु, अग्लो सिरानी राखेर सुत्नुपर्ने बाध्यता, उकालो हिँड्दा श्वास बढ्नु, तत्कालै बेहोस हुने समस्या देखिनु, छातीमा दुखाई बढी हुनु हृदयघातका प्रारम्भिक संकेतहरु हुन् । यस्तो खालको समस्या छ भने तत्कालै समाधान खोज्नुपर्छ । सकेसम्म डाक्टरको परामर्श लिनुपर्छ । जुन व्यक्तिमा बढी खतरा वा यस्ता संकेतहरु देखिन्छन । जाँच गरिहाल्नुपर्छ । उमेर पुगेका, सुगर, प्रेसर, कोलेस्ट्रोल भएका बिरामीहरूले तत्कालै डाक्टरको परामर्श लिएको राम्रो हुन्छ । सुगर, प्रेसर, कोलेस्ट्रोललाई नियन्त्रण गर्नेतर्फ र धूम्रपान छाड्न सक्नुपर्छ । खानपानमा ध्यान दिनुपर्छ ।

खानपानमा ध्यान

मुटुको समस्याबाट बच्नका लागि खानपान नै मुख्य कुरा हो । स्वास्थ्यकर खानेकुरा बढी मात्रामा सेवन गर्नुपर्छ । बदाम, एभोकाडो जस्ता खानेकुरामा धेरै किसिमका तत्त्वहरू हुने भएकाले प्रेसर कम गर्न सहयोग पुर्‍याउँछ । स्वस्थ खानेकुरा भनेको हामीलाई चाहिने जति खाने हो, किनभने हामीले धेरै क्यालोरी खाने भन्छौ । तर त्यसोमात्र होइन । धेरै चिनी र नुन भएको खानेकुरा सेवनमा कम गर्नुपर्छ । हाम्रो शरीरमा भात धेरै हुन्छ तर सागसब्जी कम हुन्छ । त्यसकारण धेरै सागहरू खाने र कम भात खाने गर्नुपर्छ । यसका साथै धेरै चिल्लो कुरा नखाने, धेरै बोसो भएको खाने कुरा नखाने गर्दा राम्रो हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ट्रान्सफ्याट जिरो हुनुपर्छ । चामल कम गर्ने, सागसब्जीको मात्रा बढाउने गर्दा राम्रो हुन्छ । 

चिसो मौसममा निमोनिया हुने कुरा भन्दा पनि मौसम परिवर्तन हुनेबेला धेरै भाइरसहरू आउने गर्छ । त्यस्तोबेला भाइरल निमोनिया बढ्ने गर्छ । चिसो मौसममा बढी गरेर दीर्घकालीन रोग भएका बिरामीहरूलाई इन्फेक्सनको मात्रा बढ्छ । यस्तोबेला बिरामीहरूले न्यानो भएर बस्नुपर्छ । बाहिरको काम कम गर्ने यसको साथै भाइरसहरूबाट बच्न भ्याक्सिन गर्नुपर्छ । यसले गर्दा जाडोमा निमोनियाबाट बच्न सजिलो हुन्छ ।

नेपालमै उपचार सम्भव छ

नेपालमा धेरैजसो मुटु रोगको उपचार हुन्छ । जस्तै मुटुको इसीजी, इको, विभिन्न खालको टेस्टहरू सबै कुरा हुन्छन् । साथै मुटुको नसा ब्लक भएको छ कि हेर्ने, मुटुको नसा खोल्ने प्रविधि पनि छ । ओपन हार्ट सर्जरी पनि हुन्छ र जन्मजात मुटुको प्वाँलहरु टाल्नको लागि आवश्यक डिभाइसहरू पनि उपलब्ध छन् । मुटुको भल्भहरू बिग्रियो फेर्नुपर्‍यो, जन्मजात नै मुटुको अपरेसन गर्नुपर्‍यो भने यो सबै काम नेपालमा सम्भव छ । नेपालमा अहिलेसम्म नभएको भनेको हार्ट ट्रान्सप्लान्टेशन हो । यो नेपालमा भएको छैन । लगभग नेपालमा अरू कुरा र नयाँ आएको प्रवृत्तिको एक दुई वटा मात्र नेपालमा आएको छैन । त्यो बाहेक अरू सबै उपचार नेपालमा सम्भव छ । 

मुटुको क्षेत्रमा सरकारले गरेको भनेको विपन्नका लागि एक लाख रुपैयाँ हो ।  मुटुको भल्भ फेर्ने, एन्जियोप्लास्टी गर्ने, मुटुमा ब्याट्री हाल्ने, सबै समस्याहरूका लागि सरकारले एक लाख रुपैयाँको सुविधा दिएको छ । आफ्नो सिफारिस दिएमा एक लाखको सुविधा आउँछ जुन राम्रो काम हो । 

मुटुको क्षेत्रमा सरकारले गरेको भनेको विपन्नका लागि एक लाख रुपैयाँ हो ।  मुटुको भल्भ फेर्ने, एन्जियोप्लास्टी गर्ने, मुटुमा ब्याट्री हाल्ने, सबै समस्याहरूका लागि सरकारले एक लाख रुपैयाँको सुविधा दिएको छ । आफ्नो सिफारिस दिएमा एक लाखको सुविधा आउँछ जुन राम्रो काम हो । 

१५ वर्ष मुनिका बच्चाहरूको उपचारका लागि जुन स्किमहरू छन् त्यसबाट बच्चाहरूको सम्पूर्ण उपचार नेपालका अस्पतालमा हुने गर्छ । जस्तै गंगालाल, मनमोहन जस्ता अस्पतालमा निःशुल्क उपचार हुन्छ । भल्भ प्रोग्रामहरूबाट भल्भ बिग्रिएको उपचार पनि निःशुल्क रूपमा भइरहेको छ । यसको लागि विपन्नबाट एक लाख, बिमाबाट एक लाख सहुलियतमा उपचार भइरहेको छ । तर सबै ठाउँमा लागू भएको छैन । केन्द्रमा भन्दा पनि दुरदराजमा यसको पहुँच हुने हो भने राम्रो हुन्छ । 

सरकारले अहिले क्याथल्याबको व्यवस्थाहरू विभिन्न सेन्टरमा गरिरहेको छ । क्याथल्याबको व्यवस्था सम्पूर्ण ठाउँमा पुर्‍याउनुपर्छ । यस्तै जिल्ला अस्पतालमा पनि मुटु रोगको उपचार कसरी दिने भनेर तालिमहरू भइरहेका छन् । हृदयाघात हुने बित्तिकै बिरामी क्याथल्याबमा पुग्दैनन् । कतिपय ठाउँमा आउँदा आउँदै समय लाग्छ । हृद्यघात भयो भने मुटु बचाउनका लागि तत्काल नै नसाहरूलाई खोल्ने औषधिहरू बजारमा पाइन्छ । जसलाई हामी थ्रोम्बोलाइटिक थेरापी पनि भन्छौ  । हृदयाघात रोगको उपचारमा थ्रोम्बोलाइटिक (टिएनके) थेरापी चाहिँ जिल्लाहरूतिर पनि उपलब्ध गराउनसक्नुपर्छ । 

मुटुको समस्याहरूबारे जनचेतना फैलाउन सरकारले सकेको छैन । विद्यालय र समूदायस्तरमा चेतनामूलक कार्यक्रमहरू लैजानुपर्छ । मुटु रोग अझै खर्चिलो भएको कारणले यस्तो हृद्य घातको उपचारको कुरामा खर्चचाँही सरकारबाट सहायता भए कसैले उपचारबाट वञ्चित हुनु पर्ने थिएन् । विशेष गरी धूम्रपान मद्यपानको सेवनले मुटु सम्बन्धी रोग लाग्छ । त्यसैले यसको ट्याक्समा लाग्ने पैसा मुटु रोगको उपचार खर्चमा लगाइदिँदा राम्रो हुन्छ । 

(वीर अस्पतालका मुटुरोग विशेषज्ञ  तथा डिएम कार्डिलोजिष्ट डा.कञ्जन  शेर्पासँग कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?