इजिप्टमा सफारी डुंगा दुर्घटना : २८ जनाको उद्धार, १६ जना अझै बेपत्ता 

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । इजिप्टको रेड सी प्रान्तको समुन्द्रमा डुंगा डुब्दा चार इजिप्टियन र १२ विदेशी नागरिक अझै बेपत्ता रहेका छन् । रेड सी प्रान्तले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सफारी डुंगा लाल सागरको दक्षिण पूर्वी इजिप्टको तटीय सहर मार्सा आलमको उत्तरी तटमा  डुंगामाथि ठूलो समुन्द्री छाल आएर डुंगा पल्टेर डुबेको उल्लेख गरिएको छ । 

हानाफीका अनुसार डुंगामा १३ इजिप्टियन र अन्य ११ देशका ३१ जनासहित ४४ यात्रु सवार थिए । जर्मनी, बेलायत, संयुक्त राज्य अमेरिका, पोल्याण्ड, बेल्जियम, स्विजरल्याण्ड, फिनल्याण्ड, चीन, स्लोभाकिया, स्पेन र आयरल्याण्डका नागरिक रहेको बताइएको छ । जस मध्य २८ जनालाई उद्धार गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?